उत्तर कोरियाली दूतावास बन्द, कूटनीतिज्ञले नेपाल छाडे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २४, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक २४, काठमाडौँ । दूतावास बन्द गर्ने निर्णयसँगै यहाँ रहेका उत्तर कोरियाका कूटनीतिज्ञ र कर्मचारीहरूले नेपाल छाडेका छन् ।

नेपालका लागि उत्तर कोरियाका राजदूत सहित ७ जनाको टोलीले नेपाल छाडेको हो । केही दिन अगाडि दूतावासका अन्य दुई जनाले पनि नेपाल छाडेका थिए। शुक्रबार नेपाल छाड्नेहरूमा राजदूत जो योङ मेनसहित उपनियोग प्रमुख, डीफेन्स अट्याची, काउन्सलरलगायत रहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

शुक्रबार बिहान हिमालय एयरलाइन्सको जहाजबाट राजदूतसहितको टोली चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो । उनीहरू बेइजिङ हुँदै उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गरेका हुन् । नेपालबाट उत्तर कोरियाको दूतावास उठेसँगै अब भारतको नयाँ दिल्लीमा रहेको उसको दूतावासले नेपाल मामिलामा हेर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस