नवलपुर दुर्घटना अपडेट : गम्भीर घाइतेको पनि मृत्यु, मृतकको संख्या सात पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २६, आईतबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक २६, नवलपुर । नवलपुरको देवचुली नगरपालिका –८ मुण्डेमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घाइते एक जनाको पनि चितवनमा उपचारको क्रममा केहीबेर अघि मृत्यु भएपछि मृतकको संख्या सात पुगेको नवलपुर प्रहरीले जनाएको छ ।

बिहान बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जिप एसमोडको एउटा घरमा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, ४५ वर्षीया कमला वानटक्की, बुलिङटार गाउँपालिका –४ का १२ वर्षीया करिश्मा ठाडा र मध्यविन्दु नगरपालिका २ मदनपुरका १८ वर्षीय चिरन अर्याल रहेको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । अन्य एक जनाको अझै पहिचान खुलेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस