कात्तिक २६,काठमाडौँ । माउण्ट एभरेष्ट क्लबले आफ्नै भवनमा निर्मित सार्वजनिक शौचालयको उद्धघाटन गरेको छ । लाइन्स क्लव अफ सुभारम्भको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको शौचालयको सर्वसाधारणले निशुल्क प्रयोग गर्न पाउनेछन् । शौचालयको काठमाडौँ महानगरपालिका-१४ का वडा अध्यक्ष सुमन श्रेष्ठ र महानगरका पुर्वमेयर बिद्यासुन्दर शाक्यले संयुक्त रुपमा उद्धघाटन गरेका थिए । शनिबार सम्पन्न शौचालय उद्धघाटन कार्यक्रममा बोल्दै पुर्वमेयर शाक्यले आफु पनि क्लवमार्फत विभिन्न सामाजिक सेवा गर्दै राजनीतिमा आएको र यसैमार्फत सफलता पाएको बताए । उनले क्लवले गरिरहेको कामबाट आफु खुसी रहेको बताउदै आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
त्यसैगरी वडा अध्यक्ष श्रेष्ठले सामाजिक संस्थाहरुले वडामा गर्ने यस्ता कार्यले वडाको सम्मृद्धिमा सहयोग पुर्याएको बताए । उनले क्लवलाई आवश्यक परेको खण्डमा वडाबाट हुने सबै किसिमका सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा माउण्ट एभरेष्ट क्लवले शौचालय निर्माण गर्न सहयोग पुर्याउने लाइन्स क्लव अफ सुभारम्भका पुर्व अध्यक्ष राजेश श्रेष्ठ, विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको थियो । यसैगरी बंगलादेशको ढाकामा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितमा स्वर्ण र रजत पदक बिजेता राम गोले, रजत र कास्य पदक बिजेता लक्ष्मण गोले, रजत पदक बिजेता बिद्यान नगरकोटी र कास्य पदक बिजेता निरज लामालाई क्लवले सम्मान गरेको थियो ।
कार्यक्रममा तेक्वान्दो प्रशिक्षक नुर्वु लामालाई मायाको चिनो तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा दिपावली,नेपाल संवत र छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समेत आयोजना गरिएको थियो । कार्यक्रममा वडा सदस्य शोभा खड्का, नविन नर्कमी,अच्युत सापकोटा, निर्वतमान वडा सदस्य विनोद थापा, लाइन्स क्लवका फस्ट भाइस डिस्ट्रिक गभर्नर सुमन भट्ट क्षेत्री तथा भावना भट्ट, न्यू माउण्ट एभरेष्ट टोल सुधार समितीका अध्यक्ष प्रितम गौतम,समाजसेवी टेकबहादुर पोख्रेललगायतको उपस्थिती रहेको थियो । कार्यक्रम कल्वका अध्यक्ष तिलक बहादुर तामाङको अध्यक्षतामा भएको थियो ।