रेलले किचेर जनकपुरमा एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २८, मंगलबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक २८, काठमाण्डौँ । जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एक जनाको ज्यान गएको छ । नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्टिने गरी काटेको छ । अन्दाजी ५० वर्षका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित रेल्वे लीकमा उनलाई ट्रेनले किचेको धनुषा प्रहरीले जनाएको छ । ट्रेन विहान ८ः३० बजे जनकपुरबाट भारतको जयनगरको लागि छुटेको थियो। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस