त्रिभुवन विमानस्थलबाट पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ३, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
त्रिभुवन विमानस्थलबाट पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी पक्राउ

फागुन ३, काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा ३१ वर्षीय यसिन अहमद, ४८ वर्षीय मोहम्मद अड्नान लखानी रहेका छन् । फ्लाई दुबईको जहाजमा दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद रकम नेपालमा ९५ लाख ४३ हजार ३ सय ८४ नेपाली रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग पठाइएको छ ।

ताजा अपडेट

७ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस