बराहक्षेत्रका बंगुरमा अफ्रिकन स्वाइन फिभर, पशुपालक चिन्तित

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०८२ जेष्ठ ६, मंगलबार (४ घण्टा अघि)
  • ३७ पटक पढिएको
बराहक्षेत्रका बंगुरमा अफ्रिकन स्वाइन फिभर, पशुपालक चिन्तित

जेठ ६, इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमणका कारण ३६ बंगुर मरेका छन् ।

स्थानीयले व्यावसायिक रूपमा पालेका बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए ।

बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बंगुरमा संक्रमण देखिएको छ भने १७ वटा मरेका छन् । बराह बंगुर फार्ममा १५ वटामा संक्रमण देखिएको छ भने सात बंगुर मरेका छन् ।

उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बंगुरफार्ममा २२ वटामा संक्रमण देखिएको छ भने १२ वटा मरेका छन् । बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बंगुर मरेका छन् । ५७ वटामा अझै संक्रमण रहेको डा. महतोले बताए ।

यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा संक्रमण देखिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस