एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा ! सर्वसाधरणका लागि सेयर जारी गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १३, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुन १३,काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानु पर्ने भएकाले त्यसैअनुसार तयारी भइरहेको कम्पनीले जनाएको छ ।

‘हाम्रो तर्फबाट हुनुपर्ने कानुनी लगायतका तयारी पूरा भइसकेको छ’ नाम उल्लेख नगर्ने सर्तमा कम्पनीका एक अधिकारीले भने, ‘छिट्टै कम्पनी रजिष्ट्रार कार्यालयमा पब्लिक कम्पनीमा रुपमा दर्ता गराउँदैछौँ । उनका अनुसार दूरसञ्चार ऐन २०५३ मा पनि संशोधनको प्रक्रिया अघि बढेको अवस्थामा सेयर संरचनाका कतिपय विषयमा भने कम्पनीले अझै निर्णय गनै सकेको छैन तर, कानुनमा व्यवस्था भएअनुसार वैशाखभित्र पब्लिक कम्पनीका रुपमा दर्ता हुन्छौँ ।

पब्लिक कम्पनीमा रुपान्रण भइसकेपछि एनसेलले सर्वसाधरणमा पनि सेयर जारी गर्नुपर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस