सुहाङ नेम्वाङ

‘राजनीति फोहोरी खेल होइन, अब युवा नेतृत्वले बदल्नुपर्छ’ : सुहाङ नेम्वाङ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ५, शनिबार (१ साल अघि)
  • १२१ पटक पढिएको
‘राजनीति फोहोरी खेल होइन, अब युवा नेतृत्वले बदल्नुपर्छ’ : सुहाङ नेम्वाङ

जेठ ५, काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले राजनीति फोहोरी खेल हो भन्ने भाष्य बदल्न युवा नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताएका छन् । ।

आज नेकपा एमाले कोशी प्रदेश सम्पर्क समितिले आयोजना गरेको ‘युवा’ विषयक गोष्ठीमा सांसद नेम्वाङले व्यवस्था परिवर्तनपछि अवस्था परिवर्तन गर्दै जाँदा युवाको काँधमा धेरै जिम्मेवारी आइपरेको उल्लेख गरे ।

उनले पुरानो नेतृत्वले युवालाई अवसर नै नदिएको भन्ने कुरा गलत भएको औंल्याए । उनले नयाँ पुस्ताले पुरानो पुस्ताको कामलाई सम्मान गर्दै युवाले राजनीति फोहोरी खेल हो भन्ने जस्ता भाष्यहरु चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

#सुहाङ नेम्वाङ

ताजा अपडेट

खोजी गर्नुहोस