सहकारी

सहकारी पीडित बचतकर्ताले आज पनि प्रदर्शन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १२, शनिबार (११ महिना अघि)
  • ९९ पटक पढिएको
सहकारी पीडित बचतकर्ताले आज पनि प्रदर्शन गर्ने

जेठ १२, काठमाडौँ । सहकारी पीडित बचतकर्ताले शनिबार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । शुक्रबार काठमाडौंको माइतीघरमा भेला भएर विरोध प्रदर्शन गरेका उनीहरुले प्रदर्शन जारी राख्ने भएका हुन् ।

सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितले तेस्रो चरणको आन्दोलन शुरु गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा आन्दोलन शुरु भएको हो ।

काठमाडौंसहित चितवन, धरान, पोखरा, रुपन्देही र बारालगायतका स्थानमा पनि आन्दोलनका कार्यक्रम हुने अभियानका अध्यक्ष कुशलभ केसीले जानकारी दिए ।

#सहकारी

 

ताजा अपडेट

खोजी गर्नुहोस