जसपा नेपाल

जसपा नेपालको अध्यक्ष बाहेकका पदमा आज मतदान हुँदै

  • अनलाइन केन्द्र
  • / जसपा नेपाल /
  • २०८१ जेष्ठ ३१, बिहिबार (११ महिना अघि)
  • १०४ पटक पढिएको
जसपा नेपालको अध्यक्ष बाहेकका पदमा आज मतदान हुँदै

जेठ ३१, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल जसपाको राष्ट्रिय एकताको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न बिहीबार दिउँसोदेखि मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार दिउँसो १२.३० बजेसम्म उमेदवारी फिर्ताको समय तोकिएको छ ।

त्यसपछि मतदान प्रारम्भ हुने जनाइएको छ । अध्यक्ष पदमा उपेन्द्र यादवको निर्विरोध निर्वाचित भइसकेका छन् । २०१ सदस्य नयाँ कार्यसमितिका बाँकी पदमा आज दिउँसोदेखि मतदान हुनेछ । पदाधिकारी र केन्द्रीय सदस्यमा परेको अन्तिम उमेदवारको सूची सार्वजनिक भइसकेको छ । उमेदवारीमा दाबी विरोध र दाबी विरोधउपर निर्णय भइसकेको छ ।

#जसपा नेपाल

ताजा अपडेट

खोजी गर्नुहोस