बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औ शाखा सञ्चालनमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ ३१, बिहिबार (११ महिना अघि)
  • १२५ पटक पढिएको
बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औ शाखा सञ्चालनमा

जेठ ३१, काठमाण्डौँ । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१÷०२÷३० देखि दशरथचन्द नगरपालिका,वडा नं.२ स्थित देहीमाण्डौं मा आप्mनो ३०३ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको देहीमाण्डौं शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस