सुन

प्रतितोला १६ सय रुपैयाँले महँगियो सुनको मूल्य, चाँदीको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ २, आईतबार (११ महिना अघि)
  • १३५ पटक पढिएको
प्रतितोला १६ सय रुपैयाँले महँगियो सुनको मूल्य, चाँदीको कति ?

असार २, काठमाडौँ । साताको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ। आइतबार छापावाला सुनको मूल्य १ हजार ६०० रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ४१ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ४२ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार भने १ लाख ४० हजार ५०० रुपैयाँमा किनेबच भएको थियो । आज चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ८२० रुपैयाँ कायम भएको छ।

#सुन

ताजा अपडेट

खोजी गर्नुहोस