नेकपामा फेरी अर्को शोक : पुर्व सांसद पण्डितको हृदयघातबाट निधन !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन २१, मंगलबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुन २१,नुवाकोट । नेकपामा एकपछि अर्को शोक थपिरहेको छ । यसैक्रममा पुर्वसांसद तथा नेकपाका नेता गणेश पण्डितको हृदय घातबाट निधन भएको छ ।

आइतवारमात्र भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका पण्डितको हृदयघातपछि उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको नेकपाले जनाएको छ ।

७२ वर्षीय पण्डित नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको पारिवारिक सदस्यले बताएका छन् ।

पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरेर सांसद बनेका थिए ।

कांग्रेस नेता अर्जुन नरसिंह केसी पण्डितका भान्जा हुन् । पण्डितका तीन छोरा,तीन छोरी र श्रमिती छन् ।

सत्तारुढ नेकपाले एक साताभित्र चारजना नेता लगातार गुमाएको छ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वली पछि पूर्वसांसद पण्डितलाई नेकपाले गुमाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस