सुनचाँदी

सुनको मूल्य एकैदिन एक हजारले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ १४, शुक्रबार (१० महिना अघि)
  • ९० पटक पढिएको
सुनको मूल्य एकैदिन एक हजारले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

असार १४, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन आज प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस