जनार्दन शर्माको प्रस्ताव : पार्टीको नाम र चुनाव चिन्ह फेरौँ

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ श्रावण २७, आईतबार (९ महिना अघि)
  • १०८ पटक पढिएको
जनार्दन शर्माको प्रस्ताव : पार्टीको नाम र चुनाव चिन्ह फेरौँ

साउन २७, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन् ।
सरकारवाट बाहिरिए पछि बसिरहेको स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन् ।

पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस