विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र २७, बिहिबार (८ महिना अघि)
  • ५५ पटक पढिएको
विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति

भाद्र २७, काठमाण्डौँ ।  विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीन वटै सडकको एकैसाथ स्तरोन्नति थालिएको हो । स्तरोन्नतिसँगै सडक कालोपत्र गर्न निर्माण व्यवसायीसँग गत जेठ २३ गते एक वर्षभित्र सम्पन्न गर्नेगरी ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गरिने उनले बताए ।

विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि ढिलोगरी सडक निर्माणको ठेक्का सम्झौता भएको छ । विश्व बैंकको अनुदान सहयोगमा बागलुङ–७ को मुलपानीबाट तितौरेसम्म आठ दशमलव छ किलोमिटर, ओडारचौरबाट ढोडेनीसम्म दुई दशमलव दुई किमी र गणेश घुम्तीबाट नीरयघाटको एक दशमलव पाँत किमी सडक कालोपत्रसहित स्तरोन्नति भइरहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस