बागलुङ दुर्घटना अपडेट : उपाध्यक्ष, उनकी आमा र वडाध्यक्षको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २८, शुक्रबार (८ महिना अघि)
  • ७० पटक पढिएको
बागलुङ दुर्घटना अपडेट : उपाध्यक्ष, उनकी आमा र वडाध्यक्षको मृत्यु

भाद्र २८, काठमाण्डौँ ।  बागलुङमा आज (शुक्रबार) बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, सोही गाउँपालिका वडा नम्बर– २ का वडा अध्यक्ष जसबहादुर कामी र उपाध्यक्ष बुढाको आमा गोपीमाया बुढा रहेका छन् ।

दु्र्घटनामा घाइते जीप चालक २९ वर्षीय प्रेमबहादुर पुनको भने धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । तीनै जनाको घटनास्थलमा मृत्यु भएको हाे। शुक्रबार बिहान काठमाडौंबाट रुकुमपूर्व जाँदै  गरेको  रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको रा १ झ २०० नम्बरको जीप बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा दुर्घटना भएको थियो ।

ताजा अपडेट

४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस