त्रिशूलीमा ट्रक दुर्घटना : चालक सम्पर्कविहीन, घटना शंकास्पद

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३०, आईतबार (८ महिना अघि)
  • ८५ पटक पढिएको
त्रिशूलीमा ट्रक दुर्घटना : चालक सम्पर्कविहीन, घटना शंकास्पद

भाद्र ३०, काठमाडौँ ।  चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालबाट त्रिशुली नदीमा ट्रक खसेको घटना शंकास्पद देखिएको छ ।

आज बिहान ना.६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुर आउँदै गरेको ट्रक त्रिशुली नदीमा खसेको अवस्थामा भेटिएको थियो ।

ट्रकका चालक यमबहादुर घले मोबाइल अफ गरेर सम्पर्क विहीन भएकाले घटना शंकास्पद देखिएको प्रहरीले जानकारी दिएको छ । चालकको खोजी भइरहेको र थप अनुसन्धान अगाडि बढाइएको छ ।

ताजा अपडेट

४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस