दरबारमार्गमा कन्सर्टका लागि धमाधम स्टेज बनाइँदै, दुई दिन सडक ठप्प

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २, बुधबार (८ महिना अघि)
  • ६९ पटक पढिएको
दरबारमार्गमा कन्सर्टका लागि धमाधम स्टेज बनाइँदै, दुई दिन सडक ठप्प

असोज २, काठमाण्डौँ ।  सरकारले भोलि (बिहीबार) को संविधान दिवसमा आयोजना गर्न लागिको कन्सर्ट तयारीका लागि दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरेर मञ्च (स्टेज) बनाइरहेको छ । दरबार मार्गमा ‘नेसनल डे कन्सर्ट’ का लागि स्टेज बनाउने काम धमाधमइ भइरहेको छ । स्टेज निर्माणको काम चलिरहेकाले ट्राफिक प्रहरीले अहिले सो क्षेत्रमा सवारी आवागमन रोकेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ । यसरी दरबारमार्ग क्षेत्रमा सडक आवागमन बन्द गरेसँगै सो क्षेत्रमा जाम बढेको छ ।

ताजा अपडेट

४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस