फेसबुक चलेन? फेसबुकमात्रै हैन, मेसेन्जर र इन्स्टाग्राममा पनि विश्वभर देखियो समस्या

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७५ फागुन ३०, बिहिबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

फागुन ३०, काठमाडौँ । फेसबुक र यसको स्वामित्वमा रहेका मेसेन्जर र इन्स्टाग्रामको वेबसाइट र एपमा विश्वका विभिन्न देशमा समस्या देखिएको छ।

डेलीमेलका अनुसार कुनै कुनै ठाउँमा यी तीन सेवा पूरै बन्द भएका थिए।

अमेरिका, युरोप र दक्षिण अमेरिकाका केही भागका मुख्य सहरी क्षेत्रमा यी तीन सेवाका एप क्र्यास भएका थिए।

नेपालमा पनि वेबसाइट र एपहरुमा केही प्रयोगकर्ताहरुले समस्या भोगेका थिए।

अर्को सामाजिक सञ्जाल ट्विटरमा फेसबुक डाउन भएको बारे धेरै प्रयोगकर्ताहरुले लेखेका छन्।

यो समाचार तयार पार्दासम्म फेसबुकले समस्या किन भएको हो भन्नेबारे केही बताएको छैन। तर समस्या भएको भने ट्विटरमा स्वीकार गरेको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस