सडकहरू बन्द

पहिरोले हेटौँडा र काठमाडौँ जोड्ने सबै सडक ठप्प

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (७ महिना अघि)
  • २९ पटक पढिएको
पहिरोले हेटौँडा र काठमाडौँ जोड्ने सबै सडक ठप्प

असोज ११, मकवानपुर । हेटौँडा र काठमाडौँ जोड्ने सबै सडकहरू बन्द भएका छन् । पहिरोका कारण हेटौँडा र काठमाडौँ जोड्ने लामो तथा छोटा दुरीका मार्गहरू बन्द भएका हुन् ।

बिहीबारदेखि भएको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ, राजधानी मार्ग भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ, कुलेखानी फाखेल काठमाडौँ, कुलेखानी मातातीर्थ काठमाडौँ र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथको ललितपुरको भट्टेडाँडा, मकवानपुरको घट्टेपाखा, आँपचौर, लाम्राङमा पहिरो खसेकाले सडक बन्द भएको छ ।

#सडकहरू बन्द

 

ताजा अपडेट

खोजी गर्नुहोस