मेलम्चीको पानी सिंहदरबारमा, अब जार र बोटलको पानी हटाइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ५, सोमबार (४ घण्टा अघि)
  • ४१ पटक पढिएको
मेलम्चीको पानी सिंहदरबारमा, अब जार र बोटलको पानी हटाइने

जेठ ५ काठमाडौं । सिंहदरबारमा अब मेलम्चीको खानेपानी प्रयोग गरिने भएको छ । खानेपानीमन्त्री प्रदीप यादवले सोमबार सिंहदरबार भित्र मेलम्चीको शुद्ध खानेपानी बितरण कार्यको शुभारम्भ गरेका हुन् ।

मन्त्री यादवले धाराबाट आएको मेलम्चीको पानी सिधै पिएर वितरण कार्यको औपचारिक सुरुवात गर्दै उनले मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय एवं कार्यालयहरुमा वितरण गरिने बताए ।

उनले भने, ‘आजबाट सिंहदरबारमा विधिवतरुपमा मेलम्चीको पानी आएको छ । यसभन्दा पहिले भुमिगतको पानी सिंहदरबारमा आएको थियो । अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ ।’

मन्त्री यादवले मेलम्चीको पानी वितरण कार्य सुरु भएकाले अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको जार र बोतलको पानी विस्थापित गरिने बताए । उनले सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालयहरू तथा कार्यालयहरूमा मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी पुर्‍याउनका लागि पाइप लाइनको विस्तार गरिने बताए ।

उक्त शुभारम्भ कार्यक्रममा मन्त्रालयका सचिव ई. प्रमिलदेबी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवसथापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेल लगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस