बाढी पहिरो अपडेट: मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन १३, आईतबार (७ महिना अघि)
  • ६४ पटक पढिएको
बाढी पहिरो अपडेट: मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता

असोज १३,काठमाडौँ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यो विपदमा समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको प्रवक्ता तिवारीले जानकारी दिए ।

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीको भनाइ छ ।

उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस