गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस शुक्रबारदेखि सम्पर्कविहीन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १३, आईतबार (७ महिना अघि)
  • ७१ पटक पढिएको
गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस शुक्रबारदेखि सम्पर्कविहीन

असोज १३,काठमाडौँ । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो ।

बसमा रहेका यात्रुका आफन्तले खोजविन गरिदिन आग्रह गरेपछि बस हराएको पत्ता लागेको हो । ‘बस हराएको भन्ने सूचना पाएका छौँ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन,’गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी रमेश कुमार श्रेष्ठले भने, ‘हामी पनि खोजी रहेका छौँ ।’

बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ ।ञबसमा धेरै यात्रु थिएनन् भन्ने छ । कति हुन् भन्ने विवरण छैन,झ उनले भने ।

उनका अनुसार ३ जना गाडीका स्टाफ र एकजना मात्र यात्रु गाडीमा थिए । ञधेरै यात्रु थिएनन् गोरखाबाट छुट्दा भन्नुभएको छ । तर बीचबाटोमा चढेको हुन सक्छ,झ उनले अघि थपे, ‘केही विवरण आयो भने सार्वजनिक होला ।’ बसमा सवार केही यात्रु मुग्लिङमा झरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस