पहिरो

पहिरोले घर पुर्दा सिन्धुपाल्चोकमा एकै परिवारका तीन जनाको मृत्यु, २४ घण्टासम्म उद्धार भएन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १३, आईतबार (७ महिना अघि)
  • ९८ पटक पढिएको
पहिरोले घर पुर्दा सिन्धुपाल्चोकमा एकै परिवारका तीन जनाको मृत्यु, २४ घण्टासम्म उद्धार भएन

असोज १३, सिन्धुपाल्चोक । घर माथिबाट पहिरो खस्दा सिन्धुपाल्चोकका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएका लिसङ्खुपाखर गाउँपालिका–३, गुरुङमाराङ टोलकी तृसना मोक्तानसहित दुई नाबालक छोराछोरीको मृत्यु भएको हो ।

असोज ११ शुक्रबार राति खसेको पहिरोले उनीहरूको घर पुरेको थियो । पहिरो खसेको २४ घण्टासम्म उद्धार टोली नपुगेपछि स्थानीयको प्रयासमा उनीहरुको शव निकालिएको जनाइएको छ । हिजो बिहान खसेको पहिरोले मोक्तानको घर पुरेको थियो ।

#पहिरो

ताजा अपडेट

खोजी गर्नुहोस