बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १३, आईतबार (७ महिना अघि)
  • ५७ पटक पढिएको
बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो

असोज १३, काठमाण्डौँ ।  असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ ।

गृहमन्त्रालयका अनुसार आइतबार राति ७: ३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आइतबार काभ्रे, सिन्धुली, ललितपुरलगायतका जिल्लाबाट १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस