निर्वाचन

अखिल क्रान्तिकारीमा उम्मेदवार र नेतृत्व चयन दुबैमा निर्वाचन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १४, सोमबार (७ महिना अघि)
  • ५५ पटक पढिएको
अखिल क्रान्तिकारीमा उम्मेदवार र नेतृत्व चयन दुबैमा निर्वाचन

असोज १४, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत गर्ने भएको छ ।

उमेरको हदबन्दी लगाउनु पर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानबाटै हुनेछ ।

अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले भने, ‘सुरुमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुनेछ । लगाउनु पर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्ने विकल्प हुनेछ ।

#निर्वाचन

ताजा अपडेट

खोजी गर्नुहोस