आजबाट रात्री बस चल्ने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन १४, सोमबार (७ महिना अघि)
  • ७७ पटक पढिएको
आजबाट रात्री बस चल्ने

असोज १४,काठमाडौँ । आज (सोमबार)देखि नै काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको छ । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड छ ।

अरनिको राजमार्ग भएर जाने दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेमा भने बस जाने छैनन् । त्यसबाहेक अन्य सबैजसो जिल्लाका लागि छुट्ने सार्वजनिक बसहरु पठाउने तयारी गरिएको छ ।

त्रिभुवन राजपथ, पृथ्वीरामार्ग, नारायणगढ मुग्लिन र पूर्वपश्चिम राजमार्ग भएर विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरु छुट्ने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस