पृथ्वी राजमार्ग दुई घण्टाका लागि पुन बन्द

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन १५, मंगलबार (७ महिना अघि)
  • १०४ पटक पढिएको
पृथ्वी राजमार्ग दुई घण्टाका लागि पुन बन्द

असोज १५,काठमाडौँ । पृथ्वी राजमार्ग दुई घण्टाका लागि पुन बन्द गरिएको छ । १२ गतेको बाढीपहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो ।

झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको सूचनामा उल्लेख छ ।

लामो यात्रामा निस्कनुपर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्रै निस्कन प्रहरीले अनुरोध गरेको छ ।

झ्याप्ले खोलाको पहिरोले बन्द भएको सडक सोमबारदेखि आंशिकरुपमा सञ्चालनमा आएको थियो । त्यहाँ पहिरोले ठूलो मानवीय क्षति पनि भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस