प्राकृतिक बिपद्का घटनाहरु बढ्यो : बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १६, बुधबार (७ महिना अघि)
  • ५९ पटक पढिएको
प्राकृतिक बिपद्का घटनाहरु बढ्यो : बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता

असोज १६, काठमाडौँ । हालैको बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छ, भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।

प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस