दशैंअघि वीपी राजमार्ग नखुल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १७, बिहिबार (७ महिना अघि)
  • ६५ पटक पढिएको
दशैंअघि वीपी राजमार्ग नखुल्ने

असोज १७, काठमाडौँ । भौतिक तथा पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने निष्कर्ष निकालेको छ । बुधबार मन्त्रालय र सडक विभागको टोलीले नेपाली सेनाको हेलिकप्टरबाट क्षतिग्रस्त सडकको निरीक्षणमा गएको थियो । बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका ३४ राजमार्गका ८०५ स्थानमा पहिरो गएको जनाएको छ । जसअनुसार ७७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस