गोर्खा राइफल्स नेपालको छ दिने औपचारिक भ्रमण

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन १९, शनिबार (७ महिना अघि)
  • ७७ पटक पढिएको
गोर्खा राइफल्स नेपालको छ दिने औपचारिक भ्रमण

असोज १९, काठमाण्डौँ । गोर्खा राइफल्स नेपालको छ दिने औपचारिक भ्रमणका लागि आश्विन १४ गते काठमाडौं आए । उनलाई स्वागत गर्न नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल वी सुब्रमण्यम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । जनरलले पोखराको पनि भ्रमण गरे र त्यहाँ भूतपूर्व सैनिक र्‍यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरे । नेपाल भ्रमणका क्रममा वहाँले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना ईसीएचएस पोलिक्लिनिकको भ्रमण गरे । उनले हाम्रा वीर भूतपूर्व सैनिकको सेवामा ईसीएचएस नेपालको पहुँचलाई अझ अगाडी बढाउने कुरामा जोड दिए ।

नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल गर्न भ्रमणका क्रममा जनरलले नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरे ।
मेजर जनरल चरणजीत सिंह देवगनले वहाँको सफल र फलदायी छ दिने नेपाल भ्रमण मिति २०८१ आश्विन १९ गते सम्पन्न गरे । उनले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरुको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरुको प्रशंसा गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस