मेलम्चीको पानी काठमाडौँ आइपुग्यो, उपत्यकामा आजैदेखि वितरण

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन २२, मंगलबार (७ महिना अघि)
  • ९३ पटक पढिएको
मेलम्चीको पानी काठमाडौँ आइपुग्यो, उपत्यकामा आजैदेखि वितरण

असोज २२,काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको सुरूवात गरेका हुन् ।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न पानी बितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट पानी बितरण प्रक्रिया सुरु गरीने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. रत्नप्रशाद लामिछानेले बताए ।

उनले भने, ‘मन्त्री ज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ। अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ।’

ताजा अपडेट

खोजी गर्नुहोस