बाढीपहिरोबाट प्रभावित परिवारलाई भारतको राहत सामग्री

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन २३, बुधबार (७ महिना अघि)
  • ८९ पटक पढिएको
बाढीपहिरोबाट प्रभावित परिवारलाई भारतको राहत सामग्री

असोज २३,काठमाडौँ । नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि आपतकालीन राहत सामग्रीको खेप भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेका छन् ।

टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको उक्त मानविय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याई पुर्‍याइएको हो । भारत सरकार अन्य अत्यावश्यक सरसफाई सामाग्री तथा औषधीका साथसाथै अन्य राहत सामाग्रीको पनि व्यवस्था गरिरहेको छ जुन छिट्टै उपलब्ध गराइनेछ ।

छिमेकी मुलुक होस् वा अन्य मुलुक संकटको बेला भारत सदैव पहिलो रेस्पोन्डरको रुपमा रहेको छ । २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद् राहत अभियान सञ्चालन गरेको थियो । भारतले २०८० साल कार्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि राहत सामाग्री उपलब्ध गराई सहयोग गरेको थियो ।

हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस