आजको मौसम पूर्वानुमान : देशभर हल्का बर्षाको सम्भावना, अधिकांस स्थानमा मौसम सफा रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २०, मंगलबार (६ महिना अघि)
  • ७८ पटक पढिएको
आजको मौसम पूर्वानुमान : देशभर हल्का बर्षाको सम्भावना, अधिकांस स्थानमा मौसम सफा रहने

कार्तिक २०,  काठमाडौं। देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशका धेरे भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। देशका पहाडी भू-भागका थोरै र अन्य भू-भागका एक दुइ स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस