प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी गर्ने जिम्मेवारी परराष्ट्रमन्त्री आरजु राणालाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २२, बिहिबार (६ महिना अघि)
  • ५८ पटक पढिएको
प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी गर्ने जिम्मेवारी परराष्ट्रमन्त्री आरजु राणालाई

कार्तिक २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी गर्न कांग्रेस–एमालेले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई जिम्मेवारी दिएको छ ।

दुई दलको सरकार सञ्चालन संयन्त्रले आउँदो मंसिर १७ देखि २१ गतेसम्म हुने ओलीको चीन भ्रमणका लागि तयारी अघि बढाउन राणालाई जिम्मेवारी दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन सुझाव अनुसार परराष्ट्रमन्त्री राणाले भ्रमणको तयारी गर्ने कांग्रेस पार्टी कार्यालयका सचिव केशवराज जोशीले जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस