विश्व मधुमेह दिवस २०२४-मधुमेह र स्वस्थ जीवन

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ कार्तिक २५, आईतबार (६ महिना अघि)
  • ७० पटक पढिएको
विश्व मधुमेह दिवस २०२४-मधुमेह र स्वस्थ जीवन

कात्तिक २५,काठमाडौँ । विश्व मधुमेह दिवस २०२४ (नोभेम्बर १४) को मुल नारा “मधुमेह र स्वस्थ जीवनं (Diabetes & Well-being)” का साथ नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले कार्तिक २३ गते देखि २९ गतेसम्म मधुमेह र यसले आँखामा पार्ने असर (डायबेटिक रेटिनोप्याथी)को सचेतनाका लागि साताव्यापी कार्यक्रमको आयोजना गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ आहार सेवन, नियमित शारीरिक क्रियाकलाप, सन्तुलित तौल व्यवस्थापन र सुर्तीजन्य पदार्थको सेवन नगरे टाइप टु मधुमेहबाट बच्न सकिन्छ भने पूर्व रोकथाम समेत गर्न सकिन्छ । मधुमेहको उपचार पनि गर्न सकिन्छ जसका लागि आहार, शारीरिक गतिविधि, औषधि सेवन, नियमित जाँच र जटिलताहरूको उपचार जस्ता विषयमा ध्यान दिन जरुरी छ ।

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार विश्वभरका २० देखी ७९वर्ष उमेर समुहका १०.५५ वयस्क जनसंंख्यामा मधुमेह हुनसक्ने भए पनि त्यस मध्येको आधा जनसंख्या मात्र यसबारे जानकार रहेको पाईन्छ । मधुमेह भएका मध्ये ९०५ मानिसलाई टाइप टु मधुमेह हुने गरेको र त्यसमा सामाजिक–आर्थिक, जनसंख्या, वातावरण र वंशानुगत जस्ता विषयको प्रभाव पर्ने गरेको पाईन्छ ।

त्यस्तै, आँखारोग विशेषज्ञहरुका अनुसार मधुमेह भएका व्यक्तिले आँखामा पर्ने असर (डायबेटिक रेटिनोप्याथी) बाट बच्न समयमै आँखा परिक्षण गराई दृष्टिविहिन हुनबाट जोगीन सकिन्छ । नियमित चेकजाँच गरी चिकित्सकको सल्लाह बमोजिम जिवनशैली व्यवस्थापन गरी मधुमेहको जोखिम कम गर्न सकिन्छ ।

मधुमेहको आँखामा असर “डायवेटिक रेटिनोपेथी” सम्बन्धि जनचेतना जगाउँनका लागि तथा आँखा स्वास्थ्य सचेतनाका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोपेथी दिवस” मनाउदै आएको छ र विगत १८ वर्षदेखि साताव्यापी जनचेतना कार्यक्रम गर्दैै आएको छ ।

वर्ष २०२४का कार्यक्रमहरुमा अस्पतालले कार्तिक २३ गतेदेखी २९ गतेसम्म मधुमेह भएका बिरामीहरुलाई निःशुल्क दर्ता सेवा उपलब्ध गराएको छ साथै, विपन्न बिरामीहरुलाई उपचार खर्चमा छुटको व्यवस्था समेत गरेको छ । त्यस्तै, बिरामी सचेतनाका लागी अस्पताल भित्र र बाहिर विभिन्न कार्यक्रमको आयोजना गरिदैछ भने अस्पताल परिसरमा सचेतनामूलक सामग्रीहरु प्रेसित गरिएको छ । त्यस्तै, देशैभरका सामुदायिक तथा सर्जिकल आँखा केन्द्रहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको छ भने मंसिर १ गते डायबेटिक सोसाइटि नेपालसँगको सहकार्यमा ओमबाहलबाट वल्काथनको आयोजना गरिदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस