सुरू भयो टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट, १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनको सहभागीता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक ३०, शुक्रबार (५ महिना अघि)
  • ७० पटक पढिएको
सुरू भयो टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट, १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनको सहभागीता

कार्तिक ३०, काठमाण्डौँ । टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सुरू भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजेदेखि फेस्ट सुरू भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मोबाइलबाट पानसमा दियो बालेर फेस्टको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सूचना प्रविधिको क्षेत्रमा ३ लाख रोजगारी सिर्जना गर्न काम गर्ने बताए ।

‘सूचना प्रविधि क्षेत्रमा ३ वर्षमा ३ लाख रोजगारी सिर्जना गर्ने काममा म लाग्छु । त्यसमा निजी क्षेत्र, शैक्षिक संस्था लगायत सबैको सहयोग चाहिन्छ,’ मन्त्री गुरूङले भने, ‘आईटीको कुनै बोर्डर छैन् । कुनै राष्ट्रियता छैन् । यसमा हामी सबै मिलेर काम गरौं ।’

कार्यक्रममा स्वागत मन्तव्य दिदै लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले डिजिटल इकोसिस्टम प्रवर्द्धन गर्न स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना गरेको जानकारी दिदै सरकारले पूर्वाधार विकास, नीतिगत सुधार र डिजिटल गभर्नेन्समा काम गर्दै यो क्षेत्रको विकासमा अग्रसर हुनुपर्ने सुझाव दिए ।

यस्तै नेपाल उद्योग परिसंघको आईटी काउन्सिलका अध्यक्ष अजित शाहले स्टार्टअपको विकासका लागि सरकारले पछिल्लो समय केही प्रयास गरेको र त्यसलाई अझै बढाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कर्मसको स्टार्टअप एण्ड आईडिया कमिटीका अध्यक्ष पंकज जलानाले डिजिटल भुक्तानीमा निःशुल्क हुनुपर्नेमा भ्याट लगाएर हतोत्साहित गर्ने काम भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस