मंसिर १, भक्तपुर । सत्तारुढ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको बताएका छन् । नेकपा एमाले सूर्यवनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास–निर्माणका काममा तल्लीन भएको बताए ।
उनले भने, ‘नेकपा एमालेको नेतृत्वमा सरकार भए पनि पनि एकल निर्णय र एजेण्डा बोकेर हिंड्न पाएको छैन, साझा एजेण्डामा सरकार सञ्चालन भइरहेको छ ।’ राज्य र जनता मिलेर देश बनाउनु पर्नेमा जोड दिँदै उनले राजनीतिक स्थायित्व भएमा देशलाई समृद्धिको मार्गमा डोर्याउन धेरै समय नलाग्ने बताए ।