ट्रक दुर्घटना

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक पल्टिँदा दुई जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १०, सोमबार (५ महिना अघि)
  • ५७ पटक पढिएको
नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक पल्टिँदा दुई जनाको मृत्यु

मंसिर १०, काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ गुडिरहेको बाग्मती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक हिजो बेलुका इच्छाकामना गाउँपालिका–६ नौकिलोमा सडक किनारमा पल्टिएको हो ।

चामल बोकेको ट्रक पल्टिँदा च्यापिएर दुई जनाको ज्यान गएको र तीन जनाको उद्धार गरेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ज्यान गुमाउनेहरुको पहिचान खुलेको छैन । यसैबीच सुनसरीमा मोटरसाइकललाई अर्को गाडीले ठक्कर दिँदा एक दम्पतीको ज्यान गएको छ ।

#ट्रक दुर्घटना

ताजा अपडेट

खोजी गर्नुहोस