‘टीओडी’ मिटरका आधारमा उद्योगीको विद्युत बक्यौता हिसाब गर्न थालियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर १०, सोमबार (५ महिना अघि)
  • २३ पटक पढिएको
‘टीओडी’ मिटरका आधारमा उद्योगीको विद्युत बक्यौता हिसाब गर्न थालियो

मंसिर १०, काठमाडौँ । उद्योगीको बक्यौताको टाइम अफ डे टीओडी मिटर समेतको आधारमा प्रशासनिक तथा प्राविधिक हिसाब गर्न थालिएको छ । विद्युत महसुलको बक्यौता रकम प्रशासनिक तथा प्राविधिक हिसाबले आवश्यक जाँच गरी टीओडी मिटर समेतको आधारमा प्रतिवेदन पेश गर्न प्रा डाअरविन्दकुमार मिश्रको संयोजकत्वमा गठन भएको समितिले हिजोबाट काम थालेको हो ।

सो समितिले नेपाल विद्युत प्राधिकरणले उद्योगलाई पठाएको बिल टीओडी मिटर अनुसार छ कि छैन भनेर अध्ययन गर्नेछ । प्राधिकरणले उद्योगबाट डेडिकेटेड तथा टंक लाइको उठाउन पर्ने भनेको बक्यौताको पनि टीओडी मिटर अनुसार प्रशासनिक तथा प्राविधिक हिसाब गर्नेछ ।

२०७२ माघ देखि २०७५ वैशाखसम्म डेडिकेटेड र टंक लाइनको हिसाब गर्नेछ । विद्युत बक्यौता महसुल रकमका सम्बन्धमा जाँचवुझ गरी प्रतिवेदन पेश हुनेछ । समितिले लालको प्रतिवेदनअनुसार नै हिसाब गर्ने बताइएको छ । हिसाब गर्ने समितिको कार्यालय जल तथा मौसम विज्ञान विभाग ७ औं तलामा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस