मानव तस्करीको अभियोगमा पक्राउ परेका एमाले सांसद अधिकारीलाई क्लिन चिट

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ मंसिर १०, सोमबार (५ महिना अघि)
  • ८९ पटक पढिएको
मानव तस्करीको अभियोगमा पक्राउ परेका एमाले सांसद अधिकारीलाई क्लिन चिट

|काठमाडौँ, २५ कात्तिकः मानव तस्करसम्बन्धी आरोप लागि विराटनगरबाट पक्राउ गरी थप अनुसन्धानका लागि आइतबार काठमाडौँ ल्याइएका कोशी प्रदेशका पूर्वकानुनमन्त्री लिला बल्लभ अधिकार प्रहरीको घेरामा। तस्बिरः रत्न श्रेष्ठ÷रासस

मंसिर १०,काठमाडौँ । मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री एवम् नेकपा एमालेका सांसद लीलावल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।

यसै प्रकरणमा जोडिएका अरू ११ जनालाई जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भए पनि अधिकारीलाई भने जिल्ला सरकारी वकिलको कार्यालयले छुटकारा दिएको हो । अधिकारीविरुद्ध मुद्दा दर्ता गर्न प्रमाण नभेटिएको सरकारी वकिल कार्यालय काठमाण्डौले जनाएको छ ।

सङ्गठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो । मन्त्रालयको नक्कली परिचयपत्रलगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दलाललाई पैसा तिरेर जापान गएकोमा फिर्ता भएका थिए ।

यो प्रकरणमा पक्राउ परेकाहरूले लाखौं रकम बुझाएको बयान दिएका छन् । अधिकारी गएको कात्तिक २५ गते पक्राउ परेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस