लुम्बिनी प्रदेश सांसद चौधरी एमालेको साधरण सदस्यबाटै निलम्बित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १२, बुधबार (५ महिना अघि)
  • ४९ पटक पढिएको
लुम्बिनी प्रदेश सांसद चौधरी एमालेको साधरण सदस्यबाटै निलम्बित

मंसिर १२, काठमाडौँ । नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट लिनम्बन गरेको छ । पार्टीलाई नोक्सानी पुर्‍याउने मनशाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको छ ।

मंगलबार एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले प्रदेश सांसद चौधरीलाई पार्टीबाट हटाएको पत्र पठाएका छन् । पत्रमा स्पष्टीकरण सोध्दा पार्टीविरुद्ध जवाफ दिएको भन्दै निलम्बन गरिएको उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस