दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १२, बुधबार (५ महिना अघि)
  • ५२ पटक पढिएको
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

मंसिर १२, काठमाडौँ । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । बुधबार माइतीघरमा जम्मा भएर ‘दुर्गा प्रसाईंको जिवन रक्षा गर’लगायतका नारा लगाउँदै रिहा गर्न समर्थकले माग गरेका हुन् ।

प्रसाईं मंसिर ४ गते भक्तपुरस्थित आफ्नै निजी निवासबाट पक्राउ परेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा उनीलाई नेपाल प्रहरीको सीआईबीले पक्राउ गरेको हो । उनीलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस