भैँसेपाटी हनी ट्रयाप : मुख्य योजनाकार इस्लाम कारागार चलान, दुई महिलालाई धरौटी माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १४, शुक्रबार (५ महिना अघि)
  • २५ पटक पढिएको
भैँसेपाटी हनी ट्रयाप : मुख्य योजनाकार इस्लाम कारागार चलान, दुई महिलालाई धरौटी माग

मंसिर १४, काठमाडौं । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा पुर्‍याएर व्यवसायीलाई बलात्कार मुद्दामा फसाउन खोजेको घटनाका मुख्य योजनाकार ताजमुल भन्ने तजम्मुल इस्लाम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला न्यायाधीश टेकराज जोशीको इजलासले बिहीबार  इस्लामलाई थुनामा पठाउन आदेश दिएको हो । घटनाको मुख्य योजनाकार उनी रहेको अभियोग थियो । यस्तै पक्राउ परेका दुई महिलालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । व्यवसायीसँग विभिन्न ठाउँमा घुमेकी सुस्मा विश्वकर्मालाई दुई लाख र भिमादेवी थापालाई एक लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । व्यवसायीबाट अुलेको २० लाख भिमादेवीको खातामा जम्मा गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस