चुँडिएर भुईंमा लत्रिएको तारबाट करेन्ट लाग्दा युवकको मृत्यु, महिला घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १४, शुक्रबार (५ महिना अघि)
  • ५८ पटक पढिएको
चुँडिएर भुईंमा लत्रिएको तारबाट करेन्ट लाग्दा युवकको मृत्यु, महिला घाइते

मंसिर १४, मकवानपुर । चुँडिएर भुइँमा लत्रिएको हाइटेन्सन लाइनको तारबाट करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरि गाउँपालिका–८ दारीमबासमा ११ हजार भोल्टको हाइटेन्सन तारमा करेन्ट लागेर स्थानीय ३८ वर्षीय मंगलसिंह प्रजाको मृत्यु भएको हो ।

उनलाई करेन्ट लागेर लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यही स्थानमा करेन्ट लागेर स्थानीय ४० वर्षीया इन्द्रमाया मगर पनि घाइते भएकी छन् । घरबाट मनहरितर्फ आउने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस