धादिङको धुनिवेशीमा ‘कपडा बैंक’ शुभारम्भ, अब कपडा र झोला निः शुल्क !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १७, सोमबार (५ महिना अघि)
  • ११८ पटक पढिएको
धादिङको धुनिवेशीमा ‘कपडा बैंक’ शुभारम्भ, अब कपडा र झोला निः शुल्क !

मंसिर १७, धादिङ । धादिङको धुनिवेशी नगरपालिकामा ‘कपडा बैंक’ को शुभारम्भ गरिएको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ ’ बैंक स्थापना गरिएको हो । प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोकामा रहेको ‘कपडा बैंक’ लगेर जम्मा गर्न सकिनेछ ।

यस्ता संकलित कपडा र झोलालाई ‘क्लोथ एण्ड फुड’ बैंकले ‘रिसाइकल’ गर्नेछ । रिसाइकल गरिएका कपडालाई आकर्षक ‘प्याकेज’ गरी बैंकले आफ्ना ‘शो रुम’ राख्नेछ । आवश्यक पर्ने जो कोहीले ‘शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सकिने क्लोथ एण्ड फुड’ बैंकका संयोजक कमल जिसिले बताए ।

बैंकले विपन्न तथा गरिब वर्गलाई उनीहरुको घरघरमै कपडा र झोला वितरण सुरुआत समेत गरिरहेको बताएको छ । धादिङमा ‘कपडा बैंक’सञ्चालन गर्ने धुनिवेशी पहिलो नगरपालिका हो । धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, नगर उपप्रमुख सुरज उप्रेती ,वडा नम्बर ६ का अध्यक्ष तथा नगरप्रवक्ता रमेश प्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल र महानायक राजेश हमालले कार्यक्रममा कपडा बैंकको शुभारम्भ गरे ।

कार्यक्रममा नगरप्रमुख आचार्यले कपडा बैंकलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिँदै बैंकका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताए ।

महानायक राजेश हमालले कपडा बैंकबाट विपन्न समुदायलाई बढी फाइदा हुने बताए । विकसित देशमा पनि गाँस, बास, कपासजस्ता मानिसको नैसर्गिक अधिकारलाई सरकार र जनस्तरबाटै सहयोग उठ्नेगरेको बताउँदै नेपालमा पनि जनस्तरबाटै सहयोग गर्न सकिने महानायक हमालको भनाई थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस