बढुवा भएका आठ डीआईजीले लगाए दर्ज्यानी चिह्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १७, सोमबार (५ महिना अघि)
  • ५४ पटक पढिएको
बढुवा भएका आठ डीआईजीले लगाए दर्ज्यानी चिह्न

मंसिर १७, काठमाडौँ । प्रहरी नायब महानिरीक्षक डीआईजीमा बढुवा भएका आठ प्रहरी अधिकारीले दर्ज्यानी चिह्न लगाएका छन् ।

गृहमन्त्रीस्तरको यही मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीबाट बढुवा भएका आठ डीआईजीलाई प्रहरी महानिरीक्षक ९आईजीपी० बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

प्रहरी प्रधान कार्यालयमा सोमबार एक कार्यक्रमबीच दर्ज्यानी चिह्न लगाइदिएका हुन् । एसएसपीबाट ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालकुमार श्रेष्ठ र डम्बरबहादुर बिक डीआईजीमा बढुवा भएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस