प्रधानमन्त्री ओलीले दिए चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १८, मंगलबार (५ महिना अघि)
  • ४६ पटक पढिएको
प्रधानमन्त्री ओलीले दिए चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो

मंसिर १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । बेइजिङमा भएको भेटवार्ताका दौरानमा प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री लीलाई नेपाल आउन निम्तो दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्णप्रसाद ढकालले जानकारी दिए ।

जवाफमा चिनियाँ प्रधानमन्त्री लीले आफू नेपाल भ्रमणमा आउन इच्छुक रहेको र अनुकूल समय मिलाएर आउने जवाफ दिएका थिए । उक्त द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा ९ वटा सहमति तथा समझदारी पत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान भएको छ ।

चीनको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्रीका साथै राष्ट्रपति सी चिनफिङ र राष्ट्रिय जनकंग्रेसका अध्यक्ष झाव लेजीसँग पनि भेटवार्ता गरेका थिए । सोमबार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली पर्सी स्वदेश फर्किने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस