नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १९, बुधबार (५ महिना अघि)
  • ७३ पटक पढिएको
नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

मंसिर १९, काठमाडौँ । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। बीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि अनुदानमा पहल गर्ने कांग्रेस र एमालेबीच समझदारी भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस